बाराबाट युरेनियमजस्तो देखिने वस्तुसहित ३ जना पक्राउ – Deurali Khabar

१० पुस, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वषर्ीय रवी चौधरी, ३० वषर्ीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वषर्ीय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जीतपुरसिमरा-७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ । चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP