महोत्तरीमा चरम यातना दिएर श्रमिकको हत्या – Deurali Khabar

१० पुस, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा एक जना श्रमिकको हत्या भएको छ । हत्या हुनेमा सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारी छन् ।

अन्सारीको हत्याको आरोपमा प्रहरीले पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्रेको छ ।

सलामले खुर्सैदलाई चरम यातना दिएर हत्या गरेको प्रहरीले जनाएको छ । सलामले यातना दिँदै गरेको भिडियोसमेत प्रहरीले फेला पारेको छ ।

मृतक खुर्सैदका भाइ मो. समजन अन्सारीका अनुसार बुधबार बिहानै ६ खुर्सैदलाई घरको काम गर्न भनि अब्दुलले बोलाएर लगेका थिए । चारदिन अघि मात्र १५ हजार रुपैयाँ मासिक तलब पाउने गरी खुर्सैदले अब्दुलको घरमा काम समातेका थिए ।

बुधबार दिउँसो ३ बजे खुर्सैदलाई अर्ध नग्न एवं गम्भीर अवस्थामा घरबाहिर दैलोमा फालेपछि स्थानीयबासिन्दाले थाहा पाएका थिए । खुर्सैदलाई तत्कालै आफन्तजनले उपचारको लागि अस्पताल लगेका थिए । खुर्सैदको जनकपुरको जानकी हेल्थकेयरमा उपचारकै क्रममा आइतबार मृत्यु भएको छ ।

प्रहरीले घटना भएकै दिन घटनास्थल पुगेर मो.अब्दुललाई नियन्त्रणमा लियो । नशामा लठ्ठ भएका कारण उनलाई नियन्त्रणमा लिन पनि प्रहरीलाई हम्मे हम्मे परेको थियो । उनले लठ्ठी, मुका, लात लगायतले कुटपिट गरेका थिए भने पेट्रोल खन्याएर मलद्वारमा आगो लगाएका थिए ।

उनलाई सोही दिन इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

‘घटनाकै दिन अब्दुललाई पक्राउ गरेका छौं । भिडियो हामी पनि हेर्‍यौं । नशामा एकदमै बर्बयातना दिएर खुर्सैदको हत्या गरेका छन्’, एसपी पंगेनीले अनलाइनखबरसँग भने, ‘त्यही दिन उनीमाथि ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही अघि बढाएका थियौं । अब कर्तव्य ज्यान मुद्दामा कारबाही चलाउँछौं ।’

अब्दुल यसअघि पनि दुईपटक लागूऔषध मुद्दामा पक्राउ परेर छुटेको स्थानीय बताउँछन् । पहिलाको मुद्दा विषयमा सुनेको तथ्य खोजिरहेको एसपी पंगेनीले बताए । पहिला नै प्रहरीले पैसा खाएर अपराधी अब्दुललाई पटक पटक छाडेको कारण यस्तो जघन्य अपराध गरेको स्थानीयबासिन्दाको आरोप छ ।

मृतक खुर्सैदको घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो थोरैखेतीपाती र ज्यालादारी गर्दै आएका थिए । उनका चार छोरी र दुई छोरासहित ६ सन्तान छन् ।

मृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरे । ‘दाइको यसरी चरम यातना दिएर हत्या भयो । दाइको ६ जना छोराछोरी छन् । उनीहरुको जीवन यापन कसरी चल्छ ?’ उनले भने, ‘उनलाई कडा कारबाही हुनुपर्छ । घटनामा अन्य दुई तीनजनाको संलग्नता छ । उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP