गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु आफैंमाथि अविश्वास गर्नु हो : नेम्वाङ – Deurali Khabar

५ माघ, काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैंमाथि विश्वास नगर्नु रहेको बताए ।

उनले राष्ट्रपतिका लागि दलहरुले सक्षम व्यक्ति छान्नुपर्ने भन्दै राष्ट्रपति बन्न कुनै कुलमा जन्मिनु आवश्यक नभएको पनि बताए ।

‘जनताका छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ’ उनले भने । उपाध्यक्ष नेम्वाङले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले मात्र संविधानअनुसार काम गर्न सक्ने पनि बताए ।

उनले सभामुखमा सक्षम व्यक्ति निर्वाचित भएको भन्दै अब देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए । ‘सभामुखले अब हामीले विश्वास गरेको जस्तो सबैको विश्वास जितेर काम गर्नुपर्छ । मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ’ नेम्वाङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP