‘रन फर प्रोटिन’ मा ५ हजार धावकको सहभागिता रहने – Deurali Khabar

५ माघ, काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजना आगामी शनिबार हुने ‘रन फर प्रोटिन’ दौड प्रतियोगितामा करिव पाँच हजार धावकको सहभागिता रहने आयोजकले बताएको छ ।

महिला र पुरुष खुल्ला हाफ म्याराथन प्रमुख विधा रहने यो प्रतियोगितामा प्लस टू छात्र ५ किमि र छात्रा ३ किमि, खुल्ला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला, ह्वीलचियर पुरुष र महिला गरी ८ विधा समावेश गरिएको छ ।

हाफ म्याराथनको पुरुषतर्फ २९३, महिलातर्फ ४३, प्लस टू छात्रततर्फ ४१५ र छात्रातर्फ ३६५, १० किमिमा १६७५ र ५ किमिमा ४५७ जनाले नाम दर्ता गरिसकेको संघले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संघका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । संघको आयोजना भएको दौड प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

प्रतियोगितामा महिला र पुरुष खुला हाफ म्याराथनको विजेताले जनही १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउनेछन् । सबै विधामा पाँचौं स्थानसम्मकाले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ८३ हजार ३३३ रुपैयाँ रहेको संघले जानकारी दिएको छ । शनिबार विहान ७ बजेदेखि दशरथ रंगशालाबाट दौड सुरु हुनेछ भने त्यहीँ आएर समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP