रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’मा बनेका थिए डीआईजी – Deurali Khabar

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए ।

सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाको प्रमुख भूमिका थियो । अभिनेता निखिल उप्रेतीका दाइ समेत रहेका हरिले ‘लंका’मा केमियो रोल गरेका थिए । उनलाई फिल्ममा प्रहरीको बर्दीमा देख्न सकिन्छ ।

उप्रेती नेकपा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको चुनावी अभियानमा बिरामी भएपछि भाइ निखिलले दाइलाई भोट माग्दै अभियानमा सघाएका थिए ।

सर्लाहीमै घर भएका फिल्म निर्देशक श्याम भट्टराईले असल व्यक्तित्व भएको र स्थानीय स्तरमा लोकप्रिय मान्छे खोजेको बेला हरिलाई अभिनय गरिएको स्मरण गर्छन् । उप्रेती रक्षामन्त्री बनेपछि अहिले अमेरिकामा रहेका निर्देशक भट्टराईले उनलाई बधाई दिएका छन् । हरिले आफ्नो दृश्यको स्वरांकन समेत आफैं गरेको भट्टराईले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP