विश्वप्रकाशलाई ओलीको जवाफ : प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत – Deurali Khabar

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएकाे बताएका छन् ।

बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने बताए । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताए ।

उनले भने, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’

संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका थिए । आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको उनको दाबी थियो ।

एमाले अध्यक्ष ओलीले भने संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताए । हिजो आफूले संयन्त्र चाहिँदैन भनेको स्वीकार गर्दै उनले भने, ‘गत सरकारको समयमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु गर्‍यो । त्यो त अभ्यासका रुपमा आइसक्यो त !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP