बेलुन विवाद : अमेरिकी विदेशमन्त्रीले रद्द गरे चीन भ्रमण, रक्षामन्त्रीस्तरीय वार्ता पनि अनिश्चित – Deurali Khabar

२५ माघ, काठमाडौं । चीनले उडाएका बेलुनलाई अमेरिकाले खसाइदिएपछि दुई देशबीचको सम्बन्ध फेरी चिसिएको छ ।

बेलुन खसालेको घटनापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् भने दुई देशबीच रक्षा मन्त्रीस्तीय वार्तासमेत अनिश्चित भएको छ ।

मंगलबार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पेट राइडरले रक्षामन्त्रीस्तरीय वार्ताको प्रस्ताव चीनले अस्वीकार गरेको बताए । उनले भनेका छन्, ‘यस प्रकारको स्थितिमा दुवै देशबीच सम्वादको ढोका खुला राख्नुपर्छ ।’ अमेरिकी रक्षा मन्त्रालयले चीनमा टेलिफोन गरी वार्ता प्रस्ताव राखेको थियो ।

गत शनिबार चिनियाँ बेलुन उड्दै अमेरिकाको क्षेत्रमा पुगेपछि अमेरिकी सेनाले फाइटर जेटको मद्दतमा ती बेलुन खसालेका थिए ।

चीनले ती बेलुन मौसमको जानकारी लिनका लागि उडाइएको तर भुलबस अमेरिकी आकाशमा पुगेको बताएको छ । तर अमेरिकाले ती बेलुनलाई खसालेर विषयवस्तुलाई अतिरञ्जित बनाउन खोजेको गुनासो चीनको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यसप्रति खेद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP