
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्नसक्ने बताए ।