मंगलबार , माघ २९, २०८१
पुतलीबजारका सय जनाको निशुल्क मोतियाबिन्दु उपचार – Deurali Khabar

स्याङ्जा : पुतलीबजार नगरपालिकाले मोतियाबिन्दु मुक्त बनाउने उद्देश्यसहित अभियान सुरु भएको छ। अभियानअन्तरगत अहिले सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो।

पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा,एनआरएन यूके,नेत्रज्योती संघको संयुक्त सहयोगमा झण्डै ३ सातादेखि यहाँ निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा आँखा परीक्षण,औषधि र चश्मा वितरणसहित बिरामीहरूको शल्यक्रिया गरिएको हो।

माघ महिनाको १५ गतेदेखि जारी शिविरमा शिविरमा ४ हजार ४ सय २८ जनाले आँखा परीक्षण गराए। तीमध्ये ९ सय २ जनालाई चश्मा उपलब्ध गराइएको थियो भने हजार भन्दा बढीलाई औषधि प्रदान गरिएको छ।

शिविरमा आएका मध्ये १ सय ५३ जनामा मोतियाबिन्दु देखिएको थियो। मोतियाविन्दुका कारण गुम्नसक्ने दृष्ट्रिबिहीनतालाई ध्यान दिँदै नगरपालिकाले निशुल्क आखा शिविरसहित मोतियाविन्दु शल्यक्रियाको आयोजना गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताए।

उनले भने, ‘पुतलीबजार नगरपालिकाका कसैले पनि मोतियाबिन्दुको समस्या लिन नपरोस् भन्ने हाम्रो उदेश्य हो।’

नेपालमा पहिलो पटक यस्तो अभियान पुतलीबजार नगरपालिकाले पहिलो पटक सञ्चाल गरेको नेत्रज्योति संघका केन्द्रीय सभापति चेतराज पन्तले जानकारी दिए।

शिविर समापनमा बोल्दै स्याङ्जा निर्वाचन क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य धनराज गुरुङ र क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजु थापाले पुतलीबजार नगरपालिकाले सुरु गरेको अनुकरणीय कामको सिको अन्य पालिकाले पनि गर्नुपर्ने बताउँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

सोही कार्यक्रममा प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री,स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्मा,शिविर संयोजक डा.विशाल गुरुङ लगायतले मोतियाबिन्दु नेपाल र स्याङ्जाको अवस्था र शिविरको प्रभावकारिताका बारेमा आ-आफनो धारणा व्यक्ति गरे।

मोतियाबिन्दु शल्यक्रियाका लागि डा.हरिविक्रम अधिकारी,डा.अस्मिता लामिछानेलगायतको चिकित्सकीय एवं प्राविधिक टोली खटिएको नगर स्वास्थ्य प्रमुख भवानीशंकर पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP