साउदीको जेलमा रहेका दिनेश कार्कीलाई उद्धार गरिदिन प्रधानमन्त्रीलाई आग्रह – Deurali Khabar

९ फागुन, काठमाडौं । दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् ।

दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् । उनी धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ निवासी हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले दिनेशलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढाउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।

‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP