राष्ट्रपतिबारे केही सोचेको छैन : माधव नेपाल – Deurali Khabar

दाङ — नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताएका छन् । दाङको भालुबाङमा मंगलबार आयोजित पत्रकारहरुसँगको छलफलमा बोल्दै उनले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको बताए ।

अहिले बजारमा हल्लाहरु धेरै चलेको बताउँदै नेपालले यस सन्दर्भमा कुनै टुंगोमा नपुगेको जानकारी दिए । उनले भने-`चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’

यसपटक ‘पावर सेयरिङ’मा आफ्नो भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताए । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको प्रश्नमा उनले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने बताए ।

`बाहिर आएका सबै समाचारहरु सही हुन्छन् भन्ने छैन । अहिले नै हतार नगरी पर्दाभित्र रहन दिनु राम्रो हुन्छ,’ उनले भने ।

चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएको उनले बताए । खनाल निर्वाचनमा पराजित भएपछि राष्ट्रपति को बन्ने भन्ने विषयमा समस्या भएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP