कसैको चित्त दुखेदुखोस्, राष्ट्रहित विपरीतका कदम सफल हुन दिँदैनौं : केपी ओली – Deurali Khabar

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रहित विपरीतका गतिविधि गर्न लागेको दोहोर्‍याउँदै एमालेले राष्ट्रहित विपरीतका कुनैपनि कदम सफल हुन नदिने दाबी गरेका छन् ।

उनले सत्ता स्वार्थका लागि जनताको भान्सामा विष पुर्याउन नपाइने भनेर बोलेको कुरालाई विवादास्पद बनाउने प्रयास भएकोमा आपत्ति जनाए । अध्यक्ष ओलीले शनिबार मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिने सरकारको तयारी र भारतबाट आउने तरकारीको विषादी जाँच नगरेको भन्दै सरकारको कटाक्ष गरेका थिए ।

आइतबार सुखानी स्मृतिमा दिवसमा आयोजित ५० औं सहिद दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सोही कुरा दोहोर्‍याए ।

उनले भने, ‘हिजो मैले बोलेका कुराहरूलाई विवादास्पद बनाउने प्रयास भएका छन् । म दोहोर्‍याएर भन्न चाहन्छु, तिनै शब्दहरू दोहोर्‍याउनु परेन । हामी हाम्रो राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता र भूमिलाई माया गर्छौँ । राष्ट्रको स्वाधीनता र स्वाभिमानलाई अत्यन्तै माया गर्छौ, यसलाई कसैले अतिक्रमण गर्नु र होच्याउनु उचित हुँदैन । हामी त्यस्तो भयो भने सहदैनौं, स्वीकार्दैनौ‌ ।’

अध्यक्ष ओलीले दोहोर्‍याउँदै कसैलाई नोक्सानी नपारी स्वाभिमानसँग बस्न चाहेको बताए । उनले भने, ‘म फेरि दोहोर्‍याउन चाहन्छु–नेपाल राष्ट्रको हित र नेपाली जनताका हितविपरीत सरकार कुनै कारण वा हिसाबले चल्न चाहन्छ, खोज्छ भने त्यसको हामी विरोध गर्छौँ र त्यस्ता कुराहरूलाई सफल हुन दिँदैनौ‌ ।’

उनले एमालेले राष्ट्रहित विपरीतका कदमलाई सफल हुन नदिने भन्दै त्यसोभन्दा कसैको चित्त दुखे केही फरक नपर्ने बताए । ‘यसोभन्दा कसैलाई चित्त दुख्छ भने दुखोस् । हामी कसैको चित्त होइन राष्ट्रिय हितको रक्षा गर्छौ । हाम्रो राष्ट्रिय हितसँग अरूको अहित जोडिएको छैन’, ओलीले चुनौती दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP