बुधबार , चैत्र २६, २०८१
गुणस्तरहीन चामल आयात प्रकरण छानबिन गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग – Deurali Khabar

काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चले गुणस्तरहीन चामल आयात प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मञ्चले आवश्यक छानबिन गर्न माग गर्दै प्रयोगशाला परीक्षण बिना गुणस्तरहीन भन्न नमिल्ने बताएको हो ।

ञ्चका अध्यक्ष ज्योति बानियाले निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जलाई पठाएको परीक्षण नै नगरी प्रतिवेदन जारी गरेको बताए । उनले भन्सार कार्यालयले परीक्षण प्रतिवेदन माग्दा समेत प्रयोगशालाले उपलब्ध नगराएको र स्थलगत निरीक्षणकै आधारमा गुणस्तरहीन करार गरिएको बताए ।

यसो गर्दा ३ कन्टेनर चामल आयात भइरहेकोमा २ वटा मात्रै स्याम्पल लिएर परीक्षण गरेकै भरमा सबै वस्तु गुणस्तरहीन भन्न नमिल्ने समेत बानियाको भनाइ छ । दिवा खाजाका लागि विगत ५ वर्षदेखि अमेरिकी सरकारको सहयोगमा नेपालमा दुर्गम क्षेत्रका ५ वटा जिल्लाहरूका लागि चामल आयात भइरहेको छ ।

हुम्ला, बाजुरा, अछाम, बझाइ र बैतडीका विद्यालयहरूमा कक्षा १ देखि ६ सम्मका करिब २५ हजार बढी विद्यार्थीलाई दिवा खाजा खुवाउनका लागि आयात हुने गरेको छ । यसैको निरन्तरता स्वरूप हाल ५४ हजार केजी चामल ३ वटा कन्टेनरमा आपूर्ति भई नेपालगन्ज भन्सार परिसरमा २०७९ माघ १७ गते आइपुगेको थियो । तर, गुणस्तरहीन भेटिएपछि हालसम्म जाँचपास भएको छैन ।

‘नेपालगन्ज भन्सार कार्यालयले २०७९ माघ १७ गते ३ मध्ये १ वटा कन्टेनरबाट मात्र २ वटा बोराको नमुना लिई पत्रसहित सिलबन्दी गरी प्रयोगशाला परीक्षणका लागि पठाएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी नमुना पटाउँदा भन्सार ऐन २०६४ को दफा ३० अनुसारको प्रक्रिया समेत पुरा भएको थिएन ।’ यही कारण, गुणस्तरहीन चामल आयात प्रकरणको सत्यतथ्य छानबिन गर्न मञ्चले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP
सोमंबुबिशु