गायक कृष्णप्रसाद गौतम एकल साँझ २०७९ पोखरामा हुँदै – Deurali Khabar

फागुन – २२ पोखरा

पोखरा भजन चुट्का संरक्षण प्रतिष्ठानको आयोजनामा कृष्ण लिला बालन नाच संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २७ गते ‘कृष्णप्रसाद गौतम एकल साँझ २०७९’ गर्न लागिएको कार्यक्रमका संयोजक रुद्रप्रसाद अर्यालले बताए । उक्त दिन गायक कृष्णप्रसाद गौतमको एकल प्रस्तुति रहनेछ ।देवीदेवताको गुणगानमा केन्द्रित भएर गाइने बालन नाचको परम्परा धेरै पूरानो हो ।

खासगरी ब्राहृमण–क्षेत्री समाजमा बालन गायन र त्यसको लयसँगै नाच्ने परम्परा छ । पश्चिमी संस्कृतिको प्रभावसँगै यति बेला बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको बेला पोखरामा ‘बालन नाचको एकल साँझ’ हुने भएको छ ।

२७ गते दिउँसो साढे १ बजे कार्यक्रम सुरु हुने संयोजक अर्यालले बताए । गायक गौतमको ०६६ सालमा पहिलो गीति एल्वम प्रकाशन भएको थियो । पापी संसारबाट सुरु भएको उनको गायन यात्रा, पाँच वटा उपन्यास, ४६ वटा भजन, ५८ वटा गीत गरी कुल एक सय ४ वटा गीत बजारमा सार्वजनिक भएका छन् । गायक गौतमका अनुसार १३ वटा गीत बजारमा आउने क्रममा छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा गरिने बालन नाचको गौतमको प्रस्तुतिमा १५ वटा गीत प्रस्तुत हुने कार्यक्रम संयोजक अर्याल बताउँछन् । ‘१० वटा फरक खालका भजन हुन्छन् । ५ वटा सालैजो, राइला, रत्यौली र लोक गीत प्रस्तुत हुन्छन्,’ संयोजक अर्यालले भने । एकल प्रस्तुतिमा गौतमको साथमा स्वर सम्राट राजु परियार, शिला आलेको पनि प्रस्तुति हुनेछ ।

कार्यक्रममा सहभागी हुन ३ सय ५ सय र १ हजार रुपैयाँको टिकट विक्री खुल्ला भएको छ । उक्ता कार्यक्रम गर्न ४ लाख खर्च हुने र ९ लाख आम्दानी गर्ने आयोजकको लक्ष्य छ । बालन चाचको लागि आवश्यक कपडा, मुकुट, बाध्यबाधन लगायतको लागि खर्च गरिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP