वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो – Deurali Khabar

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्तर्गत कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौँ तहका स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाएको  सूचनामा उल्लेख छ ।

Capture

bir

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP