इजरायलले गर्‍यो लेबनान र गाजामाथि हवाई आक्रमण – Deurali Khabar

एजेन्सी । इजरायली सेनाले लेबनान र प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण सुरू गरेको छ ।

लेबनानबाट बिहीबार इजरालयमा क्षेप्यास्त्र प्रहार भएको जवाफी कारबाही स्वरुप इजरायली प्रतिरक्षा फौजले शुक्रबार बिहानै लेबनान र गाजा क्षेत्रमा हवाई आक्रमण थालेको हो ।

इजरायली सेनाले बिहानैदेखि लडाकु विमानबाट उत्तरी लेबनान र गाजामा बमबारी थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली प्रतिरक्षा फौजले गाजाको बैत हनाउन र खान युनिसस्थित प्यालेस्टिनी लडाकु समूह हमासका बंकरमा बम हानेको बताइएको छ ।

यस्तै, इजरायली सेनाले उत्तरी गाजाको एउटा हतियार गोदाममा पनि ड्रोन आक्रमण गरेको छ ।

बिहीबार लेबनानभित्रबाट ३४ वटा क्षेप्यास्त्र इजरायलमाथि प्रहार भएको इजरायलले बताएको छ । उक्त आक्रमण प्यालेस्टिनी लडाकु हमास वा इस्लामिक जिहादी समूहले गरेको हुनसक्ने अनुमान गरिएको छ ।

लेबनानी सेनाले लेबनानी लाडकु समूह हलबुल्लाहले इजरायलमा आक्रमण नगरेको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले इजरायलमाथिको आक्रमणको मूल्य चुकाउनु पर्ने भन्दै शत्रुहरुलाई ठेगान लगाउन कारबाही थालेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP