सभामुखले बालकोटमा राखेको बैठकमा प्रचण्ड र देउवा गएनन् – Deurali Khabar

काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो ।

बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । प्रधानमन्त्रीले बैठक नबस्ने जानकारी ९ः१५ तिरमात्रै गराएको बर्तौलाले जानकारी दिए ।

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको बर्तौलाको आरोप छ ।

गएको शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रचण्ड र देउवाले दुई दिनपछि बस्ने गरी स्थगित गर्न आग्रह गरेका थिए ।

“१ गतेको बैठक केपी शर्मा ओलीज्यूको स्वास्थ्यका कारण स्थगित भएको थियो । त्यसपछि सभामुखज्यूले बालकोटमा नै बसौँ भन्नुभएको थियो । र, प्रधानमन्त्रीको स्वीकृति पनि थियो,” उनले भने, “आज सभामुखज्यू पुग्नुभयो । तर, प्रधामन्त्रीज्यू र शेरबहादुर देउवाज्यूले आज नभ्याउने भइयो, दुई दिनपछि सानुपर्यो भनेपछि बैठक स्थगित भयो ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP