मंगलबार , फागुण ६, २०८१
गेटामा संघर्ष समितिले राख्यो मेडिकल विश्वविद्यालयको बोर्ड – Deurali Khabar

२५ जेठ, धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले विश्वविद्यालयको बोर्ड राखेको छ ।

गेटा मेडिकल कलेजको मुख्य गेटमा बिहीबार संघर्ष समितिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड राखेको हो
२९ माघमा मन्त्रिपरिषद बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत गेटालाई विश्वविद्यालयका रुपमा अघि बढाउने उल्लेख गरेको थियो ।

तर १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमा भने सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको छ ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् कसरी सञ्चालन हुनुपर्छ भनी संविधान, नियम र स्थापित अभ्याससहित नियमावलीमा सविस्तार स्पष्ट व्यवस्था गरिएको बताए । उनले रासससँग कुराकानी गर्दै भने, ‘सांसद कहाँ बस्नुपर्छ, कसरी बस्नुपर्छ, उठ्दा, हिँड्दा के कुराको ख्याल गर्नुपर्छ, कुन पोशाक लगाउने भन्नेजस्ता विषय पनि त्यहाँ समेटिएका छन् ।’ नेम्वाङले सदनमा अनावश्यक घोचपेच नगरी शिष्ट बोल्न, आरोप–प्रत्यारोप तथा गालीगलौज र अमर्यादितरूपमा प्रस्तुत नहुन तथा संसद्को सम्मानका लागि नियमावलीमा यस्ता प्रावधान राखिएका बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP