हङकङमा ‘जारी’को प्रिमियर, नेपाली फिल्मलाई अहिलेसम्मकै धेरै शो – Deurali Khabar

काठमाडौं । देशभित्र ‘ब्लकबस्टर’ कमाइ गरिरहेको ‘जारी’को कमाउने गति तत्कालै रोकिने छाँटकाँट देखिएको छैन । अहिले पनि नेपालका केही मल्टिप्लेक्समा चलिरहेको फिल्मले डायस्पोरा बजार पनि तताइरहेको छ ।

स्वदेशमा साढे १६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाएको फिल्मले डायस्पोरा प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । नेपाली समुदाय बहुल हङकङमा केही दिनअघि फिल्मको प्रिमियर गरियो, जहाँ दयाहाङ राई, मिरुना मगर र रेखा लिम्बूसहितका कलाकार उपस्थित रहे ।

तीन पटकमा नौ शोसहित चुनमुनको पेरिस-लण्डन-न्युयोर्क-मिलानो र हुङहामस्थित वाम्पो गार्डेन थिएटरमा फिल्म स्क्रिनिङ गरिएको थियो । हङकङमा पहिलोपटक कुनै नेपाली फिल्मको यति धेरै शो आयोजना भएको त्यहाँस्थित सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले जानकारी दिए । पूरै शो सोल्डआउट भएको उनले जनाए ।

पछिल्लो समय हङकङ नेपाली फिल्मको ठूलो बजार बनिरहेको छ, जसलाई ‘जारी’ले अझै फैलाउन मद्दत गरेको छ । लाहुरेहरुको उल्लेख्य उपस्थिति भएकाले पनि जारीको कथावस्तुप्रति उनीहरुको रुचि देखिएको छ

यसअघि जारी अमेरिका, युरोप, दक्षिणसहित पूर्वी एसियाली मुलुकमा प्रदर्शन भइसकेको छ । कबड्डी फेम्ड रामबाबु गुरुङको निर्माण र उपेन्द्र सुब्बाको निर्देशन रहेको यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथा पेश गर्छ ।

कामको कुरा गर्दा रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘डिग्री माइला’ छायांकनको तयारीमा छ । यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ हुनेछन् । यसबाहेक दयाहाङ र मिरुना ‘नांगो गाउँ’मा पनि जोडीको भूमिकामा देखिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP