प्रदेशसभा सदस्यलाई ९६ करोड बाँड्ने गरी बजेट ल्याउने गृहकार्य गर्दै सुदूरपश्चिम सरकार – Deurali Khabar

धनगढी । संघीय सरकारको सिको गर्दै सुदूरपश्चिम सरकार पनि सांसदहरुलाई अलग्गै योजनासहित बजेट ल्याउने तयारीमा जुटेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुलाई बजेट उपलब्ध गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ३ करोड बजेट दिने तयारी गरिएको सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गीता चौधरीले रातोपाटीलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘कार्यक्रम नराम्रो होइन, निर्वाचन क्षेत्रको विकासको लागि हो । विगतमा पनि यो कार्यक्रमले निरन्तरता पाएको हो । तर निर्वाचनको मुखमा पुगेपछि अघिल्लो सरकारले यो कार्यक्रमलाई निन्तरता नदिएको हो ।’ उनका अनुसार निर्वाचित सांसदलाई ३ करोड दिन लागेको हो । तर यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको उनको भनाइ थियो । विगतकै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गरिने सो कार्यक्रममा समानुपातिक सांसदहरुलाई पनि समेट्ने प्रयास गरिने जनाइएको छ ।

सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक सांसद निर्वाचित भएको अवस्थामा प्रत्यक्ष निर्वाचित सांसदलाई सो कार्यक्रमको ६० र समानुपातिक सांसदलाई ४० प्रतिशत बजेट दिइने बताइएको छ । तर समानुपातिक सांसद नरहेको निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदकै मातहतमा बजेट खर्च हुनेछ । सत्तारुढ दल नेकपा माओवादीका सांसद अक्कल रावलले पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसहित बजेट ल्याउने तयारी गरिएको पुष्टि गरे ।

उनले भने, ‘संघीय सरकारले पनि कार्यक्रम ल्याइसकेपछि यहाँ पनि त्यसको प्रभाव पर्छ नै । जसका लागि सरकारलाई दबाब तीव्र रहेको बुझिएको छ । तर बजेट सार्वजनिक भइसकेपछि मात्रै यकिन होला ।’ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु भने यो कार्यक्रम आए विरोधमा उत्रिने संकेत गरेका छन् ।

नेकपा एमालेका सांसद धर्मराज पाठकले सांसदलाई नै पैसा बाँड्ने कार्यक्रम कुनै हालतमा राम्रो नहुने बताए । सांसदको काम पैसा बाँड्ने भन्दा कानुन निर्माण रहेको बताउँदै उनले विकास निर्माण कार्यक्रमको जिम्मा स्थानीय तहलाई दिनुपर्ने उनको जोड थियो ।

सुदूरपश्चिममा १६ वटा प्रतिनिधिसभा, ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जस अनुसार ३२ निर्वाचन क्षेत्र अर्थात् ३२ सांसदलाई ३ करोडको दरले ९६ करोड बाँड्ने तयारी भएको हो । असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP