सिडिओ सवार गाडी दुर्घटनामा – Deurali Khabar

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ ।  आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटनामा परेको हो ।

प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए ।

प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । आफ्नो अवस्था सकुशल रहे पनि ठुलो दुर्घटनाबाट जोगिएको कट्टेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP