सात प्रदेशले ल्याए दुई खर्ब ७७ अर्ब ६२ करोडको बजेट – Deurali Khabar

काठमाडौं : सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि पौने तीन खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सात प्रदेशका आर्थिक मामिलामन्त्रीले शुक्रबार कुल दुई खर्ब ७७ अर्ब  ६१ करोड ९६ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्।

 

 

प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप शुक्रबार ६ प्रदेशले नयाँ बजेट सार्वजनिक गरेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको थियो।

चालु आर्थिक वर्षमा सात प्रदेशले तीन खर्ब पाँच अर्ब ४६ करोड २६ लाख रुपैयाँको बजेट ल्याएका थिए। आगामी आर्थिक वर्षका लागि छ प्रदेशमा बजेट घटेर आए पनि कर्णाली प्रदेशमा भने बजेट सामान्य बढेको छ।

सात प्रदेशमध्ये बागमतीको बजेट सबैभन्दा ठूलो छ। उसले  नयाँ आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। ​सबैभन्दा सानो बजेट सुदूरपश्चिम प्रदेशको २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको छ।

अधिकांश प्रदेश सरकारका बजेटले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ बढी जोड दिएका छन्। त्यसका लागि कृषि उत्पादन वृद्धि तथा प्रदेशअनुसार सम्भावित उत्पादनलक्षित कार्यक्रम बजेटमा समावेश गरिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP