एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने – Deurali Khabar

१३ असार, काठमाडौं । एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
‘संसदीय दलको बैठकले बजेटको पक्षमा भोट हाल्ने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले बजेट निर्माणको प्रक्रिया र असन्तुलनको बारेमा आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्छौँ ।’

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP