आइतबार , कार्तिक २, २०८३
बजेट पारित गर्न माओवादी सांसदलाई म्यासेज – Deurali Khabar

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बजेट पारित गर्न म्यासेज पठाएको छ । आगामी आर्थिक वर्षको बजेट आज प्रतिनिधिसभाबाट पारित गर्ने भएपछि सो पार्टीले आफ्ना सांसदहरुलाई म्यासेज पठाएको हो ।

‘हामीलाई प्रमुख सतेकबाट बजेट पारितको पक्षमा उभिन मोबाइलमा म्यासेज आएको छ । अरु सामाजिक सञ्जालमार्फत सन्देश आएको छ’ माओवादीका एक सांसदले भने, ‘पार्टीका सबै सांसदहरु बजेट पारितको पक्षमा उभिने छौं । आजै प्रतिनिधिसभाबाट बजेट पारित हुनेछ ।’ प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।आज प्रतिनिधिसभाबाट बजेट पारित भएपछि राष्ट्रियसभाबाट सोही प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP