नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
तीन किलोमा सुख्खा पहिरो खसेपछि बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।
पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टले जानकारी दिए।
२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहँदा आज बिहान तीन बजे पुनः पहिरो खसेपछि सडक अवरूद्ध भएको उनले बताए।
उनका अनुसार बिहीबारदेखि रोकिएका सवारी साधनहरू शुक्रबार साँझ पाँच बजेपछि पास भएका थिए। तर आज पुनः अवरूद्ध भएपछि सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउने काम भइरहेको विष्टले जानकारी दिए।
सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्।