मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू-१६ क्रिकेटमा समूह विजेता – Deurali Khabar

१6 असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा अशोक धामीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको छ । ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेसँगै नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले हराएको थियो ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । ९१–७ को कमजोर अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए ।

नेपालले निरजकुमार यादवलाई ८ रनमै गुमाएको थियो । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए ।

तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए । स्पीनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेलेका थिए ।

मुकरीको बलमा स्वीप खेल्दा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए ।

मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन बनाउँदै अल आउट भयो । मलेसियालका लागि विकेट किपर मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए ।

शीर्ष क्रमका ब्याटर धेरैबेर क्रिजमा नटिक्दा पाँचौं विकेटका लागि मोहम्मद अक्रम र हैरिलले ३२ रनको ठूलो साझेदारी गरे ।

मलेसियाका लागि कप्तान मोहम्मद अलिफले १५, माहम्मद अक्रमले १२ रन बनाए । ८२–६ को अवस्थामा अक्रम क्याच आउट भएपछि मलेसियाका कुनै पनि ब्याटर टिक्न सकेनन् ।

८५–९ को अवस्थामा रहेको मलेसियाले अन्तिम विकेटमा १४ रन जोडे । मलेसियाका लागि आर्यन अकिल १० रनमा अविजित रहे । मलेसियाले एक्स्ट्रा २० रन पाए पनि जित्न भने सकेन ।

नेपालका लागि बलिङमा अशोक धामीले ७ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ४.५ ओभरमा ३ विकेट, सन्तोष यादवले २ र कात्तिक कमाटले १ विकेट लिए । नेपालले जुन ३ मा समुह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP