सभापति भेलापछि गगन थापा : अब कुर्दैनौं, अघि बढ्यौं – Deurali Khabar

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर दुई दिन छलफल गरे । पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित रहे पनि भेला शुक्रबार सकिएको छ

एकदमै सकारात्मक दिशातर्फ उन्मुख भयो । संगठनको तहमा अझै जागृत भएर काम गर्नका लागि योजनाहरू बनाएका छौं । दुई वटा एजेन्डामा हाम्रो छलफल अपेक्षा गरेभन्दा राम्रो रह्यो । पार्टीका जिल्ला सभापतिहरूले संगठनका विषयमा छलफल गर्न नपाइरहेको, कतिपय विषय केन्द्रीय समितिलाई जानकारी गराउनुपर्ने काम पनि हुन नसकिरहेका बेला यो भेलाले त्यो गतिरोध फुकायो । दोस्रो चाहिं पार्टीको विचार, संगठन परिचालन लगायत विषयमा केन्द्रले भन्नुपर्ने कुरा पनि भन्न नपाइरहेका, नसकिरहेका बेलामा यो भेला अवसर बन्यो ।

हामीले उहाँलाई समयमै खबर गरेका थियौं । पार्टी कार्यालयमा भएको भेलाबारे सभापतिलाई थाहा नहुने कुरा हुँदै हुँदैन । संगठन परिचालन अनुगमन निर्देशनको जिम्मेवारी विधानले नै दिएको छ । हामीले त्यसै अन्तर्गत केही समयअघि स्थानीय सरकार प्रमुखसँग नीति, बजेट निर्माणका सन्दर्भमा छलफल तथा निर्देशन दिएका थियौं । अहिले जिल्ला सभापति भेला भयो । यसैगरी क्षेत्रीय सभापतिहरूसँग पनि बस्छौं । यसै गरी पार्टीलाई ऊर्जाशील बनाउने सन्दर्भमा अरू काम पनि फटाफट हुँदै जान्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP