मंगलबार , फागुण ६, २०८१
सभापति भेलापछि गगन थापा : अब कुर्दैनौं, अघि बढ्यौं – Deurali Khabar

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर दुई दिन छलफल गरे । पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित रहे पनि भेला शुक्रबार सकिएको छ

एकदमै सकारात्मक दिशातर्फ उन्मुख भयो । संगठनको तहमा अझै जागृत भएर काम गर्नका लागि योजनाहरू बनाएका छौं । दुई वटा एजेन्डामा हाम्रो छलफल अपेक्षा गरेभन्दा राम्रो रह्यो । पार्टीका जिल्ला सभापतिहरूले संगठनका विषयमा छलफल गर्न नपाइरहेको, कतिपय विषय केन्द्रीय समितिलाई जानकारी गराउनुपर्ने काम पनि हुन नसकिरहेका बेला यो भेलाले त्यो गतिरोध फुकायो । दोस्रो चाहिं पार्टीको विचार, संगठन परिचालन लगायत विषयमा केन्द्रले भन्नुपर्ने कुरा पनि भन्न नपाइरहेका, नसकिरहेका बेलामा यो भेला अवसर बन्यो ।

हामीले उहाँलाई समयमै खबर गरेका थियौं । पार्टी कार्यालयमा भएको भेलाबारे सभापतिलाई थाहा नहुने कुरा हुँदै हुँदैन । संगठन परिचालन अनुगमन निर्देशनको जिम्मेवारी विधानले नै दिएको छ । हामीले त्यसै अन्तर्गत केही समयअघि स्थानीय सरकार प्रमुखसँग नीति, बजेट निर्माणका सन्दर्भमा छलफल तथा निर्देशन दिएका थियौं । अहिले जिल्ला सभापति भेला भयो । यसैगरी क्षेत्रीय सभापतिहरूसँग पनि बस्छौं । यसै गरी पार्टीलाई ऊर्जाशील बनाउने सन्दर्भमा अरू काम पनि फटाफट हुँदै जान्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP