मंगलबार , फागुण ६, २०८१
राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि गरिने – Deurali Khabar

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप सेनाको टुकडीले अन्तिम सलामी दिने भएको छ । प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको हो ।

आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको उनले बताइन् ।

मन्त्रिपरिषद्ले राजकीय सम्मानस्वरूप अन्तिम सलामी नेपाली सेनाको टुकडीले दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रिय झण्डा झुकाउने र सार्वजनिक बिदा दिनेबाहेकको सम्मान दिने निर्णय भएको बताए ।

‘आजको मन्त्रिपरिषद् बैठकले दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ,’ सञ्चारमन्त्री शर्माद्वारा जारी शोक वक्तव्यमा भनिएको छ । मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP