आइतबार , कार्तिक १८, २०८१
राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती – Deurali Khabar

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो। दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।

पत्नी दाहाललाई प्रचण्डले दागबत्ती दिएका थिए।

अन्त्येष्टिमा क्याबिनेटका मन्त्रीहरूसहित राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। शीर्ष नेताहरूले फूलमाला अर्पण गरी श्रदासुमन व्यक्त गरेका थिए।

अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। मधुमेह र उच्च रक्तचापबाट पीडित दाहालको बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो। वि.सं‌. २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आबद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

null

null

null

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP