रवि लामिछानेको प्रष्टोक्ति- रास्वपा अहिले सरकारको रेसमा छैन – Deurali Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको प्रष्ट्याएका छन् ।

बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले अहिले पार्टी विस्तारलगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताए ।

‘सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’, उनले भने ।

पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको रविले बताए । अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ ।

लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको बताए । अब सत्तामा रहेका दलहरू नै विपक्षमा उभिनसक्ने उनको भनाई छ ।

रविले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP