सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ, २ जना कर्मचारी निलम्बित – Deurali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् ।

सो प्रकरणमा राजश्व अनुसन्धान विभागले अनुसन्धान तीब्र बनाएसँगै १० जना पक्राउ परेका हुन् । विभागबाट खटिएको टोलीले अहिलेसम्म एक चिनियाँ र एक भारतीयसहित दश जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक चि क्वाङ लिङ र तिब्बती मूलका भारतीय नागरिक थिप्तेन छिरिङ रहेका छन् । पक्राउ परेका नेपालीहरुमा दोलखाका रामकुमार भुजेल र दीलिप भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र भन्सार एजेन्ट राजेन्द्र राई रहेका छन् ।

पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ भने बुधबार पक्राउ परेका ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न पाटन उच्च अदालतबाट अनुमति पनि लिइएको छ । राजश्व अनुसन्धान विभागले पक्राउ परेका चिनियाँले भाडामा लिएको बालुवाटारस्थित फ्ल्याटमा पनि छापा मारेको छ । उनको कोठामा ठूल्ठूला बाकस भेटिएको र तिनमा शील गरेर अनुसन्धान अघि बढाइएको विभागका कर्मचारीहरुले बताएका छन् । यस्तै पक्राउ परेका भारतीय नागरिक थाप्तेन छिरिङले भाडामा लिएको पानीपोखरीस्थित फ्ल्याटमा पनि राजश्वले बिहिबार छापा मारेको थियो । यसैबीच, भन्सार विभागले सय किलो सुन विमानस्थल भन्सारबाट पास भएको विषयमा छानविन गर्न समिति बनाएको छ ।

विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो । यो छानविन समितिले भन्सारका कर्मचारीहरुबाट भएको गल्तीबारे छानविन गर्ने बताइएको छ । भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले उक्त सुनको जाँच पास गरेका थिए । सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP