शुक्रबार , भाद्र १९, २०८३
एसिया कपअघि नेपाल क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने – Deurali Khabar

५ साउन, काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं’, क्यानले भनेको छ ।

उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ ।

नेपालमा बर्खाको समय भएकोले श्रीलंकामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । अहिले उतै रहेको नेपाली टिम हाई परफरमेन्स क्याम्प सकिएपछि नेपाल फर्कने उनले बताए ।

राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ । एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ ।

विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । बैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । जहाँ हरेक टिमले अर्को टिमसँग खेल्नेछ र श्रीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

हाल नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंकामै छ । नेपाल प्रतियोगिताको समूह्य चरणबाटै बाहिरिसकेको छ । समूह चरणमा भारत र ए र पाकिस्तान ए सँग पराजित भएको नेपालले युएई ए लाई पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP