शिल्पी थिएटरमा सुरु भयो नाटक ‘ट्रान्जिट’को मञ्चन (तस्वीर) – Deurali Khabar

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’को प्रिमियर गरिएको छ । बिहीबार बेलुका आयोजित नाटकको पहिलो मञ्चनमा सेलिब्रिटी, साहित्यकार, सञ्चारकर्मी र पाहुनाले प्रस्तुति हेरे ।

घिमिरे युवराजको निर्देशन, कुमार नगरकोटीको लेखन र अभिनेत्री शिल्पा मास्केको रंगमञ्च डेब्युले यो नाटक घोषणाको समयदेखि नै चर्चामा छ । साउन ५ देखि भदौ २ गतेसम्म शिल्पीमा यो नाटकको नियमित मञ्चन गरिने भएको छ ।

नाटक ‘ट्रान्जिट’ एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ । काल पर्यटक मायावी भ्रमण गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुग्छिन् । स्टुडियो रहस्यमय स्थितिमा छ । उनको भ्रमणले मानव पात्रको विगतमाथि धेरै प्रश्न गर्छ ।

के मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् त ? यो ट्रान्जिटमा उनले कति समय बिताउनेछिन् ? के उनी भूतकाललाई लिएर खुसी छिन् ? उनलाई यो भूत र भविष्यको ट्रान्जिटबाट कसले स्वतन्त्र गर्नेछ ? यो प्रश्न र सोचको वरपर नाटक बगेको छ ।

नाटकमा अभिनेता दिव्यदेवले शीर्ष पात्र मानवको भूमिकामा अभिनय गरेका छन् । मायावीको भूमिकामा तीन अभिनेत्रीले काम गरेका छन्, जसमा शिल्पा मास्के, आकांक्षा कार्की र वासना तिमल्सिना छन् । जेलरको रुपमा मिल्सन राईले अभिनय गरेका छन् । प्रिमियरमा यो नाटकले क्रिटिक्सबाट सकारात्मक समीक्षा प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP