राष्ट्र बैंकले साउन ९ गते मौद्रिक नीति सार्वजनिक गर्ने – Deurali Khabar

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही साउन ९ गते आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउनको पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरिएको भएपनि गभर्नर महाप्रसाद अधिकारी देश बाहिर जानुपरेकाले समय सरेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतसँगै गभर्नर अधिकारी भारतमा आयोजित जी–२० सम्मेलनमा भाग लिएर बुधबार मात्र स्वदेश फर्किएका छन् । यसलगत्तै मौद्रिक नीति सार्वजनिकको तयारी गरिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने उनले बताए ।

‘पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले बैंकिङ सिस्टममा पर्याप्त तरलता मौज्दात रहेको छ । यसका बाबजुद पनि केही मूल्यवृद्धि नियन्त्रण हुन नसकेको साँचो हो’ गभर्नर अधिकारीले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ । यी सबै समस्यालाई सम्बोधन गर्नेगरी बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई समेत भेट्नेगरी मौद्रिक नीति आउँछ’ गभर्नर अधिकारीले भने ।

अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP