मंगलबार , फागुण ६, २०८१
त्रिभुवन विश्वविद्यालय र उच्चशिक्षाको कसीमा नेपाल विश्वविद्यालय विधेयक – Deurali Khabar

प्रसंग हो- प्रतिनिधिसभामा दर्ता भएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको। यो विधेयक २०७९ को प्रतिनिधिसभाको निर्वाचन अगाडि नै राष्ट्रियसभामा दर्ता भएर छलफल भई संशोधन सहित प्रतिनिधिसभामा पठाइएको हो।

प्रतिनिधिसभामा यो विधेयक दर्ता भएर सैद्धान्तिक छलफल र दफावार संशोधनका लागि ७२ घण्टे समय पनि सकिएको अवस्थामा छ। यसैले संसदबाट छलफल भएर वा संसदीय समिति हुँदै प्रक्रियामा अगाडि बढ्ने अझै बाटो बाँकी नै छ। यही बाटोमा रहँदै गर्दा नेपालमा अर्को एउटा विश्वविद्यालयको आवश्यकता छ या छैन ? छ भने कस्तो किसिमको विश्वविद्यालयको आवश्यकता छ ? त्यसको स्थापनाको प्रक्रिया कस्तो हुनुपर्छ ? भन्ने प्रश्नहरूमा गहन र पारदर्शी छलफल जरुरी छ।

 

ती प्रश्नहरूको जवाफलाई त्रिभुवन विश्वविद्यालयको पृष्ठभूमिमा हेरिनुपर्छ। किनभने त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो। यसमा ६२ वटा आंगिक र ११४२ वटा सम्बन्धनरत क्याम्पस रहेका छन् भने उच्च शिक्षाको कुल भर्नाको ७६.४ प्रतिशत भाग ओगटेको छ।

विद्यार्थी संख्याको आधारमा त्रिभुवन विश्वविद्यालय संसारकै एघारौं ठूलो विश्वविद्यालय रहेको भनेर वर्ल्डएट्लासले सूचीकृत गरेको छ। त्रिभुवन विश्वविद्यालयले नेपाली उच्च शिक्षाको जति ठूलो हिस्सा समेट्छ, त्यति नै मात्रामा सबैभन्दा धेरै समस्या र कमजोरी पनि बोकेको छ। त्रिभुवन विश्वविद्यालयका ती यावत् समस्या र कमजोरीबाट पार पाउन केही सफल र केही असफल प्रयत्नहरू भएका छन्। ती सबैको आधारमा मात्रै नेपाली उच्चशिक्षाको गुणस्तर, वर्तमान अवस्था, गरिएका प्रयत्न, द्रुत रूपमा परिवर्तन हुँदै गरेको शिक्षा र रोजगारी, नेपाली विद्यार्थीको विदेशमोह लगायत विषयहरूको ठूलो अंशलाई सम्बोधन गर्न सकिन्छ।

त्रिभुवन विश्वविद्यालय सुधारका अनेकन् विकल्पबीच नेपालमा सबैभन्दा बढी प्रयोग भएको विकल्प हो, त्रिभुवन विश्वविद्यालयको विकल्पमा नयाँ विश्वविद्यालय स्थापना गर्नु। यही बाटो पहिल्याउँदा पहिल्याउँदै त्रिभुवन विश्वविद्यालय बाहेक नेपालमा १२ वटा विश्वविद्यालय सञ्चालनमा रहेका छन्। त्यसमा नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम, नेपाल खुला, राजर्षि जनक, गण्डकी र मनमोहन प्राविधिक विश्वविद्यालय पर्दछन्। यो सूचीमा परेका गण्डकी र मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश अवधारणामा स्थापना भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP