हाम्रो पार्टी पार्टीजस्तो भइरहेको छैन : प्रचण्ड – Deurali Khabar

१७ साउन, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् ।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा राखेका छन् । ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ’ उनले भने ।

अहिले सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै प्रचण्डले यो बेला संगठन विस्तार गर्नुपर्ने पनि बताए । ‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ’ उनले भने, ‘आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’

अहिलेको गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको भन्दै प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए । पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको बताएका प्रचण्डले कमी कमजेरी इमान्दारीका साथ स्वीकारेर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP