“स्याङ्जा समाज जापानले तीज धमाका २०२३ गर्ने” – Deurali Khabar

जापान । नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्जा समाज जापानले “तीज धमाका” कार्यक्रम गर्ने भएको छ । समाजका अध्यक्ष चित्र गुरुङका अनुसार कार्यक्रम आउँदो सेप्टेम्वर १६ तारिख शनिवार नागोया, सेप्टेम्बर १७ तारिख आईतबार दर खाने दिन टोकियोमा हुने जानाकारी गराएका छन्।सिजुओका र फुकुओकामा भने मिति तय गर्न बाँकी छ ।

बिगत केही वर्ष यता जापानको टोकियो, नागोया लगाएत विभिन्न शहरहरुमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपाली महिला दीदी बहिनी हरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको स्याङ्जा समाज जापानले जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि यसपटक पनि नेपालका लोकदोहोरी क्षेत्रका ख्याती प्राप्त कलाकारहरुसंगै जापानमा रहेकाकलाकारहरुको प्रस्तुती सहितको कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई कार्यक्रमबाट उठेका बचत रकमबाट जिल्लाका दुर्गम गाउँहरुमा “दन्त शिविर” साथै आपत कालीन “राहातकोष सहयोगार्थ“आयोजना गर्न लागिएकोले सम्पूर्ण जापानबासी दाजुभाई तथा महिला दीदी बहिनीहरूले भरपूर मनोरन्जन लिँदै यो पून्यको काममा सहभागी भईदिनुहुनको लागि समाजका क्षेत्रीय समिति नागोयाका अध्यक्ष मित्र सिग्देलले अनुरोध गरेका छन्।

समाजले गर्ने बार्षिक कार्यक्रम सबै ठाउँमा भव्य र सव्य तबरले सफल पार्नको लागि टोकियोमा निवर्तमान अध्यक्ष धुर्व ज्ञवाली र नागोयामा क्षेत्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल लाई संयोजक तोकिएको छ भने सिजुओका र फुकुओकामा पनि छलफल भईरहेको छ ।

स्याङ्जा समाज जापानले बार्षिक कार्यक्रम गर्ने भएकोले उक्त दिन सबै जनालाई आजदेखि नै बिदा मिलाउन तथा अन्य सम्पुर्ण संघ संस्थाहरुसँग उक्त दिनमा कार्यक्रमहरु नजुधाई दिन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP