प्रचण्डलाई जनार्दनको प्रश्न : कुन अप्ठ्यारो मोडमा मेरो साथ पाउनुभएन ? – Deurali Khabar

० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको बताएका छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो भनेर प्रचार गर्ने गरिएको भन्दै असन्तुष्टि जनाए ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले अध्यक्षले चाहेका बेला आफ्नो मतलाई समेत थाती राखेर काम गरेको बताए । पछिल्लो समय ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बाहिर बोल’ भनेपछि आफ्नो मत थाती राखेर भएपनि पालना गरेको शर्माले सुनाए ।

कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ’, उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ?’

आफूलाई गुटको नेता मान भनेर कसैलाई नभनेको, तर विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा भने उठाएको शर्माले बताए । उनले अगाडि भने, ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP