कञ्चपुरमा युवक हत्या आरोपमा भतिज र भाञ्जा पक्राउ – Deurali Khabar

२० साउन, धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले उनकै भतिज र भाञ्जालाई पक्राउ गरेको छ । बिहीबार कृष्णपुर नगरपालिका –२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाई र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चजपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको हो ।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरुले खुलाएका छन् ।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिशले बयान दिएका डीएसपी डाँगीले बताए ।

मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले कुवेरको शव खाल्डो खनेर पुरेको पनि उनीहरुले स्वीकार गरेका छन् । दुबै जनामाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP