मंगलबार , माघ २९, २०८१
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्‍दैन : कानुनमन्त्री गुरूङ – Deurali Khabar

२० साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा मन्त्री गुरुङले  सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमिन गर्ने विषयमा छलफल भएको बताए ।

सूचना प्रविधि विधेयकबारे व्‍यापक छलफल भएको छ। तर, सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन । यति बुझ्नुस्’ उनले भने ।

उनले अगाडि भने, ‘शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले, जे पायो त्यही गरेको छ । मलाई त सुनैसुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो ।’

तर आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको पनि उनले जिकिर गरे ।  सञ्‍चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको मन्त्री गुरुङले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले भने सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने ढंगले कानुन बनाउन नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP