निर्माण व्यवसायी थप आन्दोलित, थानकोट र साँगामा चक्काजामदेखि निर्माणको काम रोक्ने घोषणा – Deurali Khabar

२२  साउन, काठमाडौं । निर्माण व्यवसायी थप आन्दोलिन बनेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १४ साउनदेखि थालेको आन्दोलनलाई थप कडा बनाउँदै व्यवसायीले अब चक्काजामदेखि निर्माणको काम रोक्नेसम्मका आन्दोलन घोषणा गरेका हुन् ।

व्यवसायीले सोमबारदेखि शुक्रबार (२६ साउन)सम्म सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेरे हरेक दिन ९ बजेदेखि अनामनगरबाट संसद भवनसम्म सिट्टी जुलुस गर्ने भएका छन् ।

उनीहरुले संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर–बबरमहल हुँदै हनुमानस्थानमा जुलुस गरी धर्ना दिने भएका छन् । यसबाट पनि माग पुरा नभए २८ साउन (सोमबार)देखि अत्यावश्यक बाहेक सबै निर्माण कार्य अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।

विकासे विभागहरुमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना र तालाबन्दीको समेत चेतावनी व्यवसायीले दिएका छन् । थानकोट र साँगामा आलोपालो दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने घोषणा समेत निर्माण व्यवसायीले गरेका छन् ।

नेपाल सरकारले २१ असारमा राजपत्रमा सूचना प्रकाशित गरी सबै ठेक्काको म्याद एक वर्ष थप गरेको थियो । त्यसपछि व्यवसायी आन्दोलिन बनेका थिए । उनीहरुले सबै निर्माण कार्यको भुक्तानी गर्न, २१ असारको आदेशमा संशोधन गरी पुनः आदेश जारी गर्न माग गरेका छन् । अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गर्न समेत उनीहरुले माग गरेका छन् ।

रुग्ण आयोजना अन्यौलग्रस्त र बजेट नभई काम नै हुन नसक्ने र काबुबाहिरको निर्माण कार्य सुविधाका आधारमा अन्त्य गर्न समेत व्यवसायीले माग गरेका छन् ।

सरकारबाट भुक्तानी नभएसम्म चेक बाउन्स र बैंक ग्यारेन्टी जफत लगायत कारवाही रोक्न समेत भनिएको छ । उपभोक्ता समितिबाट निर्माण काम गर्ने नियम खारेजीको समेत माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP