
साउन, जनकपुरधाम । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवाको लगत प्रमाणीकरण र परिचय पत्र वितरण तत्काल सुरु गर्न माग गरेको छ ।
आइतबार जनकपुरधामममा पत्रकार सम्मेलन गरी मञ्चले नीति कार्यक्रम र बजेटमा परेका हरवाचरवा लक्षित कार्यक्रममा आफूहरुको पहुँच सुनिश्चित हुुनुपर्ने, भूमि, आवास, शिक्षा, सीप विकास र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।



मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको लगत संकलन, प्रमाणीकरण तथा परिचय वितरण गर्ने कार्यक्तम राखेको छ। मञ्चका राष्ट्रिय अध्यक्ष दशनलाल मण्डलले मधेश सरकारलाई बजेटमा उल्लिखित यो कार्यक्रम तत्काल सुरु गर्न माग गरे ।
‘हामी सरकारको उक्त कार्यको स्वागत गर्दछौं । धैर्यताका साथ तथ्यांक संकलनको प्रक्रिया बिधिवत रुपमा सुरु हुने कुरामा विश्वस्त छौं’ उनले भने । कुनै कारणले त