‘अदृश्य’ र ‘बगान’ले बक्स अफिसमा कति कमाए ? – Deurali Khabar

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएको नेपाली क्राइम-थ्रिलर ‘अदृश्य’ले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । यो मल्टिस्टारर फिल्मको ग्रस कमाइ समेत शनिबारसम्म ५० हजार रुपैयाँ पुगेको छैन ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘अदृश्य’को कमाइ ४५ हजार रुपैयाँ ग्रस छ । प्रमोद अग्रहरि र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्म बालिका बलात्कारको घटनाको कथावस्तुमा आधारित छ ।

बोर्डको तथ्यांकअनुसार शनिबारसम्म सरोज खनाल निर्देशित फिल्म ‘बगान’को कमाइ एक करोड ४३ लाख रुपैयाँ ग्रस छ । सरोजसहित करिश्मा मानन्धर लगायतको शीर्ष भूमिका रहेको फिल्म अहिले पनि केही हलमा चलिरहेको छ ।

पछिल्लो समय नेपाली बक्स अफिसमा नेपाली फिल्मको कमजोर कमाइ र विदेशी फिल्मको दबदबा कायमै छ । बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ र हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरले नेपालमा उत्कृष्ट कमाइ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP