२० वटा वाणिज्य बैंकको नाफा ७० अर्ब १७ करोड : नबिल र ग्लोबल आईएमईबीच प्रतिस्पर्धा – Deurali Khabar

काठमाडौँ । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । गत असार मसान्तसम्म बैंकहरूले गरेको वित्तीय कारोबार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोबारबाट प्राप्त प्रतिफलका आधारमा आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूले यो वर्ष २४.९३ प्रतिशतको नाफा वृद्धि गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले कूल ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका थिए ।

कठिन आर्थिक स्थितिका बाबजुद समीक्षा वर्षमा बैंकहरूको कर्जा लगानी र असुली समेत घट्दै गर्दा पनि यस्तो नाफालाई उत्साहजनक नै मान्न सकिन्छ । तथापि, बैंकहरूको खराब कर्जा (एनपीएल) को दर केही बढ्दा बैंकहरू समस्यामा छन् । नाफाको अधिक प्रतिशत खराब कर्जाको सुरक्षणका लागि प्रोभिजनिङ गर्नुपर्दा बैंकहरूको वितरणयोग्य नाफामा भने केही सङ्कुचन आएको छ ।

नबिल र ग्लोबल आईएमईबीच तीव्र व्यावसायिक प्रतिस्पर्धा

व्यवसायका हिसाबले दुई ठुला बैंक ‘नबिल’ र ‘ग्लोबल आईएमई’ बीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ । आर्थिक वर्षको अन्तसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बढी नाफा कमाएर शीर्ष स्थानमा रहन सफल नबिल बैंकलाई ग्लोबल आईएमई बैंकले पच्छ्याइरहेको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्ष ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकलाई यस वर्ष नबिल बैंकले ७६.८६ प्रतिशत अर्थात् ३ अर्ब २७ करोड ११ लाख २५ हजार रुपैयाँले नाफा वृद्धि गर्दै ग्लोबल आईएमई बैंकलाई उछिनेको हो । आर्थिक वर्ष २०७८/७९ मा नबिल बैंकले जम्मा ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, यस वर्ष पनि आफ्नो तेस्रो र चौथो स्थान कायम गर्दै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले क्रमशः ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ र ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष वाणिज्य बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकहरूले क्रमशः १४.५४ प्रतिशत र १०.३५ प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP