सोमबार , माघ ७, २०८१
नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर सेवा – Deurali Khabar

काठमाडौं । माछापुच्छ्रे बैंकले कामाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आइतबार संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ क्यूआर सेवा सञ्चालनमा ल्याइएको माछापुच्छ्रे बैंकले जानकारी दिएको छ ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP