बिहिबार , भाद्र १८, २०८३
नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर सेवा – Deurali Khabar

काठमाडौं । माछापुच्छ्रे बैंकले कामाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आइतबार संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ क्यूआर सेवा सञ्चालनमा ल्याइएको माछापुच्छ्रे बैंकले जानकारी दिएको छ ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP