भक्तपुरको डुबान तस्वीरमा हेर्नुस् – Deurali Khabar

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी वस्तीमा पस्दा हनुमान घाट क्षेत्र डुबानमा परेको हो ।

भक्तपुरको सिद्धी स्मृति अस्पतालसमेत जलमग्न छ । अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायतका क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जलसतह घट्दो क्रममा रहेको बताए । अहिलेसम्म अप्रिय घटना नभएको पनि उनले बताए ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पनि अहिले पानीको बहाव घट्दो क्रममा रहेको जानकारी दिइन् । ‘पानीको बहाव कम भएकाले डुबान घट्दो क्रममा छ,’ उनले भनिन् । अहिले भक्तपुर नगरपालिकाको जनप्रतिनिधिहरुको टोली डुबान प्रभावित क्षेत्रको अनुगमनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP