सिन्धुलीमा विपी, मदन भण्डारी र पुष्पलाल राजमार्ग अवरुद्ध – Deurali Khabar

सिन्धुली : लगातारको वर्षात पछि आको पहिरोका कारण तीन ठूला राजमार्ग अवरुद्ध भएका छन्। बाढी, पहिरो र खहरेका कारण बनेपा-सिन्धुली-बर्दिवास (विपी) राजमार्ग, हेटौंडा-सिन्धुली-गाईघाट-चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी (पुष्पलाल) लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालका अनुसार विपी राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्म चार ठाउँ बढी स्थानमा पहिरो र लेदो खसेर अवरुद्ध छ। दुम्जा, भिमान र माईस्थानमा पहिरो खसेका छन्। बि.पि.राजमार्गमा सडकमाथिबाट ढुङ्गा माटो सहितको लेदो आएपछि सवारीसाधन होल्ड भएर बसेको प्रहरीको भनाई छ।

मध्यपहाडी लोकमार्गअन्तरगत खुर्कोट-घुर्मी खण्ड अन्तर्गत हैबार, अक्करे र सोखुखोलामा अवरुद्ध छ। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारदेखि मरिण र हरिहरपुर गाउँपालिकास्थित बागमती नदी किनारासम्म दर्जन बढी स्थानमा पहिरो खसेको छ।

राजमार्गको चुरे क्षेत्रमा धेरै पहिरो खसेको र अधिकांश खहरेबाट बाढी आएको प्रहरी प्रमुख सिलवालले जानकारी दिए। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ। सडक अबरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

सदरमुकामबाट तिनपाटन, घ्याङलेख, चपौली-मझुवा, खनियाखर्क-तिनकन्या सडकहरू समेत अबरुद्ध भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP