३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : प्रवक्ता सापकोटा – Deurali Khabar

२४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षा भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले पार्टीले ३ महिने अभियानको परीक्षाबाट माओवादी पास हुने बताए ।

‘यो हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौं । मलाई विश्वास छ हामी यो परीक्षामा उतीर्ण हुन्छौं । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ’ उनले भने ।

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिवद्ध रहेको पनि बताए । सुन प्रहरीको ठीक ढंगले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मेवारी दिएको भन्दै उनले यसमा कुनै मोलाहिजा नहुने बताए ।

‘यसलाई अगाडि बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा प्रतिवद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन । निर्धक्क साथ अघि बढ्छ । अगाडि बढाउनेमा पार्टीमा एकमत छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP