निर्देशक सापटी द्धारा निर्देशित ‘मेरी बास्सै’मा बालेन शाहको प्रस्तुति भिडियो सहित – Deurali Khabar

साउन २५ पोखरा  । चर्चित हाँस्य शृखला ‘मेरी बास्सै’मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई प्रस्तुत गरिएको छ । हाँस्य शृखला ‘मेरी बास्सै’मा बालेन व्यक्ति नभई उनी र काठमाडौँ महानगरको कामलाई जस्ताको तस्तै उठान गरिएको ‘मेरी बास्सै’का लेखक/निर्देशक दिवाकर भण्डारीले नयाँ पुस्तालाई बताए ।

उनका अनुसार, अहिले सानालाई ऐन ठुलालाई चैन नभई नाङ्लो पसलेदेखि ठुला ठालु, सुकिला मुकिला सम्मलाई एउटै ऐन कानुन सबैलाई बराबरी रुपमा लागु गरिएको विषयलाई बेरी बास्सैमा देखाइएको हो । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार बालेन शाह विजयी भएपछि व्यक्तिले हडपेका सडक पेटीदेखि सार्बजनिक जग्गा र खोला नाला महानगरले हस्तक्षप गरेर आफ्नो अधिनमा ल्याएको छ ।

शृखलामा ठेलामा मकै पोलेर गरिबीको छाक टारेका सापटी काकादेखि मै हुँ भन्ने गाउँका सामन्तवादी काजीको हैकमी शैलीसम्मलाई बालेनको विकास अभियानको एउटै छडीले समानता दिलाएको छ । सानालाई ऐन, ठुलालाई चैन, भन्ने पछिल्लो नेपाली भनाई उल्टिएको छ ।

लामो समयदेखि मिडिया हबद्वारा निर्मित  हाँस्य शृखलाले सम-सामयिक विषयमा हाँस्य व्यङ्ग्य प्रस्तुत गर्दै आइरहेको छ । लोकप्रिय कलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’लाई कलाकारितामा स्थापित गरेको सो शृखला हाल लोकप्रिय कलाकार ‘सापटी काका’ उर्फ दिवाकर भण्डारीले लेखन/निर्देशन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP