मंगलबार , फागुण ६, २०८१
निर्देशक सापटी द्धारा निर्देशित ‘मेरी बास्सै’मा बालेन शाहको प्रस्तुति भिडियो सहित – Deurali Khabar

साउन २५ पोखरा  । चर्चित हाँस्य शृखला ‘मेरी बास्सै’मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई प्रस्तुत गरिएको छ । हाँस्य शृखला ‘मेरी बास्सै’मा बालेन व्यक्ति नभई उनी र काठमाडौँ महानगरको कामलाई जस्ताको तस्तै उठान गरिएको ‘मेरी बास्सै’का लेखक/निर्देशक दिवाकर भण्डारीले नयाँ पुस्तालाई बताए ।

उनका अनुसार, अहिले सानालाई ऐन ठुलालाई चैन नभई नाङ्लो पसलेदेखि ठुला ठालु, सुकिला मुकिला सम्मलाई एउटै ऐन कानुन सबैलाई बराबरी रुपमा लागु गरिएको विषयलाई बेरी बास्सैमा देखाइएको हो । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार बालेन शाह विजयी भएपछि व्यक्तिले हडपेका सडक पेटीदेखि सार्बजनिक जग्गा र खोला नाला महानगरले हस्तक्षप गरेर आफ्नो अधिनमा ल्याएको छ ।

शृखलामा ठेलामा मकै पोलेर गरिबीको छाक टारेका सापटी काकादेखि मै हुँ भन्ने गाउँका सामन्तवादी काजीको हैकमी शैलीसम्मलाई बालेनको विकास अभियानको एउटै छडीले समानता दिलाएको छ । सानालाई ऐन, ठुलालाई चैन, भन्ने पछिल्लो नेपाली भनाई उल्टिएको छ ।

लामो समयदेखि मिडिया हबद्वारा निर्मित  हाँस्य शृखलाले सम-सामयिक विषयमा हाँस्य व्यङ्ग्य प्रस्तुत गर्दै आइरहेको छ । लोकप्रिय कलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’लाई कलाकारितामा स्थापित गरेको सो शृखला हाल लोकप्रिय कलाकार ‘सापटी काका’ उर्फ दिवाकर भण्डारीले लेखन/निर्देशन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP