ओस्कार विजेता भारतीय वृत्तचित्रका निर्माताविरुद्ध आदिवासी पात्रको मुद्दा – Deurali Khabar

२५ साउन, काठमाडौं । ओस्कार विजेता भारतीय चलचित्रको केन्द्रविन्दुमा रहेका आदिवासी जोडीले निर्माताविरुद्ध कानुनी उपचारको खोजी गरेका छन् ।

वृत्तचित्र विधामा ओस्कारमा उत्कृष्ट अवार्ड हात पारेको ‘एलिफेन्ट विस्परर्स’ को केन्द्रविन्दुमा आदिवासी जोडी बोमन र बेली थिए । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मुदुमुवाली टाइगर रिजर्भमा उनीहरूले हात्तीका घाइते बच्चाको स्याहार गर्थे र टुहुरा हात्तीका बच्चा पाल्थे ।

नेटफ्लिक्समा सार्वजनिक यस फिल्मले ओस्कारमा अवार्ड जित्ने पहिलो भारतीय वृत्तचित्रको इतिहास रच्यो । ओस्कारमा अवार्ड पाएसँगै बोमन र बेलीले पनि निकै ख्याति कमाए । फिल्चमको सफलतासँगै राज्य सरकारले उनीहरुलाई एक लाख भारतीय रुपैयाँ दिएर सम्मान गर्‍यो ।

गत अप्रिलमा उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेका थिए ।

शिक्षा इन्टरटेनमेन्टकी निर्देशक तथा चलचित्र निर्माता तथा निर्देशक कार्तिकी गोसेल्भ्सले उचित रकम नदिएको भन्दै मुद्दा हालेको हो । उनीहरुले आदिवासी जोडीलाई बुढेसकालमा खर्चका लागि दुई करोड भारतीय रुपैयाँ दिने बताएका थिए । तर त्यस रकम नदिएपछि कानुनी लडाइँ लड्न बाध्य भएको उनीहरुले बताएका छन् ।

फिल्म निर्माताले भने उक्त आरोपको खण्डन गरेकी छिन् । फिल्ममा योगदान गर्ने सबैप्रति आफूहरुको बराबर सम्मान रहेको उनको भनाइ छ । ‘बोमन र बेलीका आरोपमा कुनै पनि सत्यता छैन,’ निर्माता गोनसेल्भसले भनेकी छिन् ।

निलगिरि हिमाल वरपरका दृश्यसँगै छायांकन भएको चलचित्रमा बोमन र बेलीले बथानबाट छुटेको हात्ती रघुको ख्याल गरेको सम्पूर्ण दृश्य कैद गरिएको छ । उनी जोडी कातुनायकन समुदायका हुन् । उनीहरु पुस्तौंदेखि जंगलको संरक्षण गर्ने काममा छन् ।

वन्यजन्तु संरक्षणका प्रयासलाई चलचित्रले उजागर गरेको भन्दै यसले निकै प्रशंसा बटुलेको थियो । निर्माताले दृश्य छायांकनका समयमा विभिन्न प्रलोभन देखाए पनि हाल कुनै पूरा नगरेको आदिवासी जोडीको आरोप छ । निर्माताले आफूहरुलाई वृत्तचित्रमा सामेल भएपबापत घर नै बनाइदिने आश्वासन दिएको उनीहरुले बताएका छन् ।

‘गोनसेल्भसले हामीलाई भेटिन् र कामको प्रस्ताव गरिन् । यसमा सामेल भएपबापत घर र गाडी खरिद गर्ने उनले बताएकी थिइन् । उनले जसो भनिन् हामीले त्यसै गर्‍यौं । तर उनले हामीलाई ठगिन्,’ बेलीले भनिन् ।

शिक्षा इन्टरटेनमेन्टले व्यावसायिक रुपमा ठूलो आर्जन गरे पनि आफूहरुलाई उचित क्षतिपूर्ति नदिएको भन्दै उचित क्षतिपूर्तिको माग मुद्दामा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP